लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ । साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेले आआफ्नै उम्मेदवार उठाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने पक्षमा छन् । खनाल यसअघि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा रहेका थिए ।


प्रकाशित : २०७९ माघ २५, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप