लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु सामान्य होइन : प्रधानमन्त्री प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु सामान्य नभएको टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय समितिलाई भर्चुअल मार्फत सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकारको नेतृत्व गर्नु चुनौती र अवसर दुवै भएको बताए ।

‘हामीले सरकारको नेतृत्व गर्न पाउनु चुनौती र अवसर दुवै हो । त्यहीँ रूपमा बुझ्नु भए हुन्छ । मैले विश्वासको मत लिँदा एजेण्डा प्रस्तुत गर्ने सबै स्पष्ट राखी सकेको छु । ती सबै पुरा गर्नुपर्ने हामी सबैको जिम्मेवारी हो’ प्रचण्डले भनाई उद्ढ गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘अहिले माओवादीले न्याय गरेन भन्ने छ । यो परिवर्तनबाट जनताले अनुभूति गर्नेगरी काम भएको छैन । हामीले गरेर दुखाउने चुनौती छ । यो परिवर्तनलाई संस्थागत गर्नुपर्ने मुख्य दायित्व छ ।’

माओवादी नेतृत्वमा राष्ट्रिय सहमति हुनु ऐतिहासिक भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरेको ती पोलिटब्युरो सदस्यले बताए । माओवादीले ल्याएका एजेण्डा संस्थागत भई जनताले राहत महसुस गरेमा इतिहास चाहेरपनि कसैले मेटाउन नसक्ने प्रचण्डले बताए ।

माओवादीले गरेका कामको जनतामा लगेर स्थापित गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने प्रचण्डको भनाई छ ।

‘राष्ट्रलाई एकताबद्ध गर्न माओवादी आन्दोलनप्रति भ्रमहरू सृजना भएका छन्, त्यसलाई चिर्ने हामी सबैको यो अवसर हो’ प्रचण्डले भने, ‘माओवादी त्यस्तो जात हो जो छुनु हुँदैन भन्ने भाष्य निर्माण गरिएको छ । शान्ति र परिवर्तनको बाहकको रूपमा होइन आशावादीको रूपमा स्थापित गर्न लगातार रूपमा प्रहार भई रहेको छ । हामीलाई बिद्रुपिकरण गर्ने प्रयास भइरहेको छ । त्यो सबै भ्रम चिर्ने र सुधार गर्ने यो अवसर हो ।’

संगठनमा बढ्दै गएको अराजकता र अनुशासनहीनता बढ्दै जानु पार्टी र आन्दोलनका निम्ति राम्रो हुने प्रचण्डले बताए ।

‘अहिले काम गर्ने सकारात्मक अवसर हो । यो अवस्थामा कुण्ठा पोख्ने एकले अर्कालाई दोषारोपण गर्नु हुँदैन’ प्रचण्डले भने, ‘हामीले दाह्रा किटेर यो अवसरलाई गुम्न दिनुहुँदैन । यो पार्टीको भविष्यका निम्ति सदुपयोग गर्नुपर्छ ।’

पार्टीले पाएको दुर्लभ अवसरलाई खेलाचिको रूपमा नलिन प्रचण्डले आग्रह गरे ।


प्रकाशित : २०७९ माघ २६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप