लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतीय विदेशसचिव क्वात्राले भेट्नेछन् राष्ट्रपतिदेखि सीके राउतसम्मलाई

१ फागुन, काठमाडौं । नेपालको दुई दिने भ्रमणमा सोमबार काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले उच्चस्तरीय राजनीतिक भेटघाटहरू गर्ने भएका छन् । उनको भेटघाटको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म रहेको परराष्ट्र स्रोतको भनाइ छ ।

सोमबार काठमाडौं झरेलगत्तै समकक्षी भरतराज पौड्यालसँग भेटघाट गरेका क्वात्राले होटल याक एन्ड यतीमा द्विपक्षीय सचिवस्तरीय बैठक गरेका छन् ।

सचिव स्तरीय बैठकमा नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल भए‍को परराष्ट्रले जनाएको छ । जसअन्तर्गत व्‍यापार तथा पारवाहन, विद्युत क्षेत्रमा सहयोग, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो ।

त्यसपछि सोमबार नै क्वात्राले परराष्ट्रमन्त्री विमला राई पौड्याल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई पनि भेट्ने कार्यक्रम छ । त्यसपछि भ्रमणको दोस्रो दिन मंगलबार क्वात्राले अन्य राजनीतिक भेटघाट गर्ने भएका छन् ।

मंगलबार उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई भेट्ने छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरूसँग पनि क्वात्राको भेट हुने सम्भावना रहेको जनाइएको छ ।


प्रकाशित : २०७९ फाल्गुन १, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप