लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘यदु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार चौधरीलाई

काठमाडौं, फागुन १ गते । यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरी (लक्की चौधरी) लाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्यसचिव रुद्र खड्काले जानकारी दिनुभयो ।

वि.सं २०५३ देखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरी कार्यक्षेत्रबाट विस्थापित भए पनि निरन्तर पेसामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिने निर्णय गरिएको समितिका सदस्यसचिव खड्काले बताउनुभयो । थारु भाषाको प्रथम दैनिक पत्रिका ‘हमार पहुरा’ का सम्पादक प्रकाशक रहेर कैलालीबाट पत्रकारिता गर्नुभएका पत्रकार चौधरीले २०५९ चैत २९ देखि तत्कालीन थारु भाषाको साप्ताहिक पत्रिका ‘पहुरा’ साप्ताहिक प्रकाशन गर्नुभएको थियो । अहिले सो पत्रिका दैनिक रूपमा सञ्चालन हुँदैआएको छ ।

पत्रकारिता, समाजशास्त्र तथा राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका चौधरी २०६६ देखि गोरखापत्र दैनिकमा कार्यरत रहनुभएको छ । कैलाली स्थायी घर भएका चौधरी गोरखापत्र दैनिकको उपसम्पादक हुनुहुन्छ । पत्रकारिता माध्यमबाट शान्ति स्थापना, मानवअधिकार परिपालना तथा दण्डहीनता अन्त्यमा उहाँले गर्नुभएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

सिफारिस समितिको संयोजक तथा प्रतिनिधि सभा सदस्य (सांसद) सूर्य थापा, सदस्यमा तीर्थ गौतम र सदस्य सचिवमा खड्का रहनुभएको छ । पुरस्कार यही फागुन २१ गते यदु स्मृति दिवसका अवसरमा रु २० हजारसहित प्रदान गरिनेछ । यदु स्मृति प्रतिष्ठानले हरेक वर्ष दिवसका अवसरमा मानवअधिकार, शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।

तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५६ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन १, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप