लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नामिबियाविरुद्धको अर्धशतकसँगै ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नामिबिया विरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने ।

रोहितले ३३ खेल खेल्दै १ शतक र ६ अर्धशतकको मद्दतमा एक हजार रनको कोशेढुंगा पूरा गरेका हुन् ।

ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।

यस्तै लिग टु मा पनि रोहित नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

लिग टु मा २२औं खेल खेलिरहेका रोहितले चार अर्धशतक मद्दतमा ६०० भन्दा बढी रन बनाइसकेका छन् । लिग टु मा रोहितको व्यक्तिगत उच्च स्कोर अविजित ६२ रन हो ।

लिग टु मा सबैभन्दा धेरै रन नामिबियाका कप्तान जेर्हार्ड एरसामसले बनाएका छन् । एरासमसले २९ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २२२ रन बनाएका छन् ।


प्रकाशित : २०७९ फाल्गुन २, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप