लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एक महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो

काठमाडौँ । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको छ । पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकहरुमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदैगर्दा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।
यद्यपि, माघको पहिलो हप्ता नै ८ अर्ब रुपैयाँले निक्षेप घटेर बैंकहरुको निक्षेप ४७ खर्ब ८ अर्ब रुपैयाँमा झरेकोमा पुन दोस्रो, तेस्रो र चौथो हप्तामा क्रमशः १२ अर्ब, ३ अर्ब र ४ अर्ब रुपैयाँले बढ्दै ४७ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो ।

महिनाको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्ब रुपैयाँले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाा पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । तथापि, समीक्षा अवधिमा यता कर्जातर्फ भने बैंकहरुको खासै लगानी बढ्न सकेको छैन । महिनाभरीमा २५ अर्ब रुपैयाँमाथिको निक्षेप संकलन गर्दैगर्दा यता कर्जा भने बैंकहरुले झण्डै आधा परिणाममा मात्र लगानी गरेका छन् ।

संघका अनुसार अघिल्लो पुस मसान्तको तुलनामा बैंकहरुले माघ मसान्तसम्म जम्मा १२ अर्ब रुपैयाँले मात्र कर्जा बढाउँदै ४२ खर्ब ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तो कर्जा अघिल्लो पुस मसान्तमा बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए ।


प्रकाशित : २०७९ फाल्गुन ४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप