लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मन्त्री किरातीलाई प्रश्न : पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले ?

४ माघ, पोखरा । गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । र कहिलेदेखि सुरु हुन्छ भन्ने पनि टुंगो छैन ।

कोभिड महामारीले थलिएका पोखरा र आसपासका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै अन्तर्राष्ट्रिय यडान सुरु भएर पुनः व्यवसायले गति लिने आशामा थिए । तर, अन्तर्राष्ट्रिय उडानबेगर सञ्चालनमा आएको विमानस्थलबाट लाभ लिन नपाएको गुनासो गर्न थालेका छन् ।

केही दिनअघि पोखराका पर्यटन व्यवसायीले गण्डकी प्रदेशका पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आन्तरिक उडानकै आभास भएको गुनासो गरेका थिए ।

‘अन्तर्राष्ट्रिय विमानस्थल कतै डोमेस्टिक एयरपोर्टकै रुपमा पोखरा एयरपोर्टको वैकल्पिक एयरपोर्ट खुल्या हो कि भन्ने आभास भइरा’छ,’ कार्यक्रममा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले भनेका थिए, ‘एउटा मान्छेले घर सर्दा पनि पूर्वतयारी साथ सर्छ । अन्तर्राष्ट्रिय एयरपोर्ट सर्दाखेरिको पूर्वतयारी न्यून थियो ।’

पोखरा विमानस्थल प्रमुख बिक्रम गौतमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि पनि विमानस्थल तयार छ । यही फेब्रुअरी २३ (फागुन ११) देखि रात्रीकालीन उडान सुरु गर्ने तयारी रहेको विमानस्थलमा कहिलेदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ प्रमुख गौतमसँग पनि जवाफ छैन । त्यसका लागि उच्चस्तरीय तहबाटै कुटनीतिक पहल हुनुपर्ने उनको भनाइ छ ।

‘यहाँको विमानस्थल सञ्चालनमा कहींनेर हामी दुःखी हुनुपर्छ भन्ने छैन । भर्खर, भोलिबिहानै भन्दा पनि हामी सबै लाग्यौं र प्रचार गर्‍यौं भने अगाडि बढ्छ’, विमानस्थल प्रमुख गौतम भन्छन् ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलको निरीक्षण गरे । निरीक्षणपछि पत्रकार सम्मेलनमा पनि मन्त्री किरातीले कहिलेदेखि पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ जवाफ दिन सकेनन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनेबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री किरातीले आफू मन्त्रालयको जिम्मेवारी सम्हालेको ३१ दिनमात्रै भएकाले सम्बन्धित निकायसँग ‘बुझिरहेको’ सुनाए । ‘सुरु हुन्छ भन्ने त म पात्रो हेरेर भन्न सक्दिनँ । किनकी हामी नेपालमा छौं,’ उनले भने, ‘तर, पनि हाम्रोतर्फबाट अत्याधिक कोशिस भइरहेको छ । यथा चाँडो गर्नुपर्छ भन्ने हाम्रो चाहना छ ।’

योजना बमोजिम चाँडै नै अन्तर्राष्ट्रिय उडान हुनुपर्ने पक्षमा आफू रहेको मन्त्री किरातीले सुनाए । ‘चीन र भारतका महामहिम राजदूतसँग कुरा भइसकेको छ । पोखराको शहरलाई चीनको धेरै युवाहरुले पनि मन पराउने भएकाले त्यहाँका धेरै सहरसँग सिधै जोड्न कुरा भइराखेका छ,’ उनले भने ।

मन्त्री किरातीले निरीक्षणका क्रममा विमानस्थलमा सार्वजनिक यातायातको सुविधा सहज नहुँदा महंगो भाडा तिरेर ७, ८ किलोमिटरसम्म ट्याक्सीमै यात्रा गर्नु परेको भेटेको सुनाए । उक्त समस्या तत्काल समाधान गर्न छलफल सुरु गर्ने उनले बताए ।

‘मैले के भेटें भने, यहाँबाट निस्केपछि ७ किलोमिटरसम्म ट्याक्सी प्रयोग गर्दै जानुपर्छ । म सम्बन्धित व्यक्तिसँग कुरा गरेर कमसेकम पृथ्वीचोकसम्म सेवा दिन के गर्न सकिन्छ भन्ने छलफल आजैदेखि चलाउँछु’, मन्त्री किरातीले भने ।

विमानस्थलमा अझै पनि चराको समस्या रहेकाले उक्त समस्या समाधानकै क्रममा रहेको मन्त्री किरातीले जानकारी दिए । उनले नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो विमानस्थल के गर्ने भन्नेबारे सम्बन्धित निकायसँग छलफल गरेर अगाडि बढ्ने सुनाए ।


प्रकाशित : २०७९ फाल्गुन ४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप