नेकपा एमालेले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । वर्तमान सत्ता घटकमा रहेको एमालेले नेता नेम्वाङलाई राष्ट्रपतिमा उठाए सँगै राजनीतिमा नयाँ तरङ्ग आएको छ ।
एमालेले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर तत्कालालिन ५ दलीय गठबन्धन भत्काएको थियो । प्रधानमन्त्रीमा विश्वासको मत दिएर राजनीतिमा तरङ्गित बनाएको काँग्रेसले प्रचण्डको समर्थनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार उठाएको छ । पौडेललाई नेकपा माओवादी केन्द्र सहित माधव नेपालको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी, महन्त ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।
images
images
एमालेको एकल समर्थनमा राष्ट्रपतिमा उठेका नेम्वाङलाई भने राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन हुने देखिन्छ । राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता हुन् । दुवै उम्मेदवार संसदीय राजनीतिबारे दक्खल राख्ने नेताका रूपमा चिनिन्छन् । राष्ट्रपतिको उम्मेदवारका लागि काँग्रेसमा पहिलाबाट चर्चामा रहेका पौडेल २०५१ को निर्वाचन पछि सभामुख भएका व्यक्ति हुन् । राष्ट्रपतिमा उपयुक्त पात्र खोजेको एमालेले बारम्बार नेता नेम्वाङलाई प्रस्ताव गर्दा अस्वीकार गर्दै आएका थिए । शनिवार बसेको सचिवालय बैठकले नै निर्णय गरेपछि भने नेता नेम्वाङ उम्मेदवार भएका हुन ।
नेता नेम्वाङलाई राष्ट्रपतिमा उम्मेदवार बनाएर एमालेले प्रधानमन्त्री प्रचण्डलाई सर्प्राइज दिएको छ । प्रचण्ड सँग अन्तिम समयसम्म पनि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलमा बार्गेनिङ्ग गरेको एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उठाएर नयाँ तरङ्ग दिएको हो । माओवादी शान्ति प्रक्रियामा आए पश्चात् २०६४ को निर्वाचनमा इलाम १ बाट निर्वाचित भएर पहिलो संविधान सभाका सभामुख बनेका नेम्वाङ २०७० मा भएको निर्वाचनमा समेत सोही क्षेत्रमा निर्वाचित भएर दोश्रो कार्यकाल समेत सभामुख भएका थिए। उनै नेम्वाङको पालामा ‘नेपालको संविधान २०७२’ जारी भएको थियो।
नेता नेम्वाङले एमालेको जानकारी विनै संसदमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको अनुरोधमा संसद् बैठकमा संघीयताको प्रस्ताव टेबल गर्ने अनुमति दिएका थिए । एमालेको विरोधका बिच संविधानको प्रस्तावनामा नै संघीयता शब्द थपिएको थियो । आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनै नेम्वाङलाई प्रचण्डको गठबन्धन विरुद्ध राष्ट्रपतिमा उम्मेदवार बनाएर संघीयता विरुद्धको अस्त्र प्रहार गरेका छन् । सय सँगै प्रचण्डलाई नेम्वाङको विरुद्ध जाने कि नजाने भन्ने नैतिक सङ्कट आइपरेको छ ।
अझै रोमाञ्चक त के छ भने, क्याथाेलिकहरूकाे एक अन्तर्राष्ट्रिय संस्थाका महासचिव समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उठाएर धर्म निरपेक्षताको अस्त्र प्रहार गरेको छ । नेता नेपाल नेकपा एमालेको महासचिव तथा प्रधानमन्त्री हुँदा उनले नै धर्म निरपेक्षताको प्रस्ताव ल्याएका थिए । हाल नेकपा एमाले अध्यक्ष ओली र नेपाल बिच यसै कुरालाई लिएर मन मुटाव भएको थियो । नेता नेपालको प्रस्ताव सभामुख नेम्वाङले नै प्रचण्ड र बाबुरामलाई सहमत गराएका थिए । एमालेमा ओलीको एकलौटीपनबाट अल्गिएर नेकपा एकीकृत समाजवादी गठन गर्न पुगेका नेता नेपाललाई ओलीले धर्म निरपेक्षताको अस्त्र प्रहार गरेका हुन् । नेता नेम्वाङले संघीयता र धर्म निरपेक्षता पक्षमा रहँदा ओलीले नेपालमा संघीयता ल्याउनु बयल गाडा चढेर अमेरिका जान्छु भन्नु जस्तै भएको अभिव्यक्ति दिएका थिए । आज ओलीले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउँदा नेकपा एकीकृत समाजवादीमा विवाद सुरु भएको छ, भने नेपाल आफै काँग्रेसको उम्मेदवारलाई समर्थन गरे पनि नैतिक सङ्कटमा परेका छन् । नेम्वाङले संघीयता र धर्म निरपेक्षता स्विकार नगरेको भए आज संविधानमा संघीयता भन्ने शब्दनै कोड हुने थिएन ।