लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपालमा दिगो शान्तिबारे छलफल नेपाल शान्ति कार्यशाला सम्पन्न

फेब्रुअरी २५, २०२३ मा, एचडब्लुपीएल नेपालले २०२३ नयाँ वर्षको कार्यशाला “नेपालको शान्तिपूर्ण विकासबारे छलफल” गरेको थियो । सो कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति संगठन जसले विश्व शान्ति र युद्धको अन्त्यका लागि विश्वभर शान्ति गतिविधिहरू गर्दछ, हेभेन्ली कल्चर वर्ल्ड पीस रेस्टोरेसन अफ लाइट (एचडब्लुपीएल) द्वारा आयोजित गरिएको थियो। कार्यक्रममा राजनीतिज्ञ, धार्मिक अगुवा, पत्रकार, वी क्यान ग्रुप, राष्ट्रिय दैनिक पत्रिका आदिका युवा प्रतिनिधि लगायत ३७ संघसंस्थाका ३१ जनाको सहभागिता रहेको थियो ।

अनलाइनमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका पूर्व सदस्य तथा माओवादी पार्टीकी महिला नेतृ कोपिला कुँवरले शुभकामना मन्तव्य दिएर सुरु गर्नु भएको थियो ।
कोपिला कुँवर, पूर्व सांसद तथा माओवादी महिला नेतृले कार्यक्रममा “आज राखिएको छलफल र लक्ष्यहरू नेपालका प्रभावशाली व्यक्तित्वहरूलाई अवगत गराउने र देशमा साँचो शान्तिको जग सृजना हुने विश्वास लिएको छु। म भविष्यका पुस्ताहरूमा युद्धको घाउ र आघातको सट्टा अनन्त शान्ति प्रदान गर्ने एचडब्लुपीएलको कार्यलाई पूर्ण समर्थन गर्दछु।” भन्नुभयो ।

एचडब्लुपीएल नेपालको २०२३ शान्ति परियोजना सक्षेंप सार, शान्ति परियोजना योजना र नेपालका प्रत्येक सामाजिक वर्गका लागि निर्देशनहरू सबै सक्षेंप सार बताएको थियो।एचडब्लुपीएलले यस वर्ष नेपालमा शान्ति परियोजनाहरू सिर्जना गर्ने योजना बनाएको छ जस्तै डीपीसीडब्ल्यूको १० धारा र ३८ उपधाराको मान्यतालाई संयुक्त राष्ट्रमा प्रवर्द्धन गर्ने र नेपालमा १० विद्यालयहरूसँग शान्ति शिक्षाको लागि समझौता ज्ञापन गर्ने बताएको थियो।

नयाँ वर्षको भेलामा सहभागी नेपाली गैरसरकारी संस्थाका प्रमुखले भने, “यो धेरै जानकारीमूलक समय थियो, र गैरसरकारी संस्था मानव अधिकार समूहको प्रमुखको रूपमा अहिले पनि नेपालमा मात्र नभई विश्वभर युद्ध, विवाद र हिंसाका कारण द्वन्द्व व्याप्त रहेको अवस्थामा, म एचडब्लुपीएलले ‘हिंसाको कारण र रोकथामको लागि फोरम’ आयोजित गरोस् भन्ने कामना गर्दछु।” एचडब्लुपीएलका अधिकारीले नेपालमा शान्ति कार्यक्रमले नेपालमा थप विविध शान्ति गतिविधिहरू सिर्जना गर्ने र एचडब्लुपीएल र जीवनका सबै क्षेत्रका मानिसहरूबीचको सहकार्यमार्फत शान्तिको चेतना जगाउने बताए।

विगत तीन वर्षमा, एचडब्लुपीएल र नेपालका सबै क्षेत्रका अगुवाहरूले नेपाल भित्र र बाहिर शान्तिको लहर सृजना गर्न चार विद्यालयहरूसँग शान्ति शिक्षाको लागि समझौता र दुईवटा सञ्चार संस्थाहरूसँग मिडिया समझौताहरू हस्ताक्षर गर्ने जस्ता धेरै कुराहरू गरेका छन्। २०२३ मा, जब हामी “कोरोना संग” को युगमा प्रवेश गर्यौं, भविष्यमा नेपालमा शान्ति लहर अझ सक्रिय हुनेछ भन्ने आशा छ।


प्रकाशित : २०७९ फाल्गुन १६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप