लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ख्याल गर्नुभएको छ ? कानेगुजीले बताउँछ तपाईंको स्वास्थ्य

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ ।

१ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण भएको हुन सक्छ ।

२ कानेगुजी बाक्लो, सुक्खा र कालो भयो भने तपाईं बूढो हुँदै जानुभएको संकेत हो । तर जवानीमै यस्तो भयो भने चिकित्सकको परामर्श लिनुपर्छ ।

३ व्यायाम गरेपछि कानमा अलिकति पसिना आउँछ । तर कानबाट लगातार पसिना चुहिन थाल्यो भने तत्काल चिकित्सकलाई भेट्नुस् किनकि तपाईंलाई कानको दीर्घरोग लागेको हुनसक्छ ।

४ कानेगुजी पहेंलो वा हरियो वा कालो वा सेतो भयो भने तपाईंको कानमा संक्रमण भएछ भनी बुझ्नू । कानेगुजीको प्राकृतिक रंग हल्का सुन्तला र गाढा खैरो हो ।

५कानेगुजी कत्ले खालको भयो भने अनि तपाईंको कानको प्वाल सुक्खा भयो भने एक्जेमा रोग लाग्यो । तर चिन्ता नलिनुस्, यो उपचारले ठीक हुन्छ ।

६कानेगुजी गनायो भने कानमा संक्रमण भएछ भनी बुझ्नू ।

७ कानेगुजी नै निस्केन भने चिकित्सकको परामर्श लिनू । यो केराटिटिस ओब्टुरान्स नामक रोगको लक्षण हुनसक्छ


प्रकाशित : २०७९ फाल्गुन २०, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप