लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अमेरिकामा बैंक डुब्दा नेपालमा त्रास, लघुवित्त र सहकारीले थप दबाब

केही लघुवित्तले गरेको बदमासीका कारण अहिले समग्र लघुवित्त वित्तीय संस्थाप्रतिको विश्वासमा प्रश्न उठ्न थालेको छ । तराई क्षेत्रमा केही लघुवित्तले गरेको कमजोरीका कारण क्षमताभन्दा बढी ऋणको भारमा साना ऋणी परेका छन् ।

जसले सिर्जना गरेको समस्या पछिल्लो समय लघुवित्त आतंकको रूपमा परिभाषित हुन थालेको छ । एकातिर लघुवित्तपीडितहरू खुलेरै बाहिर आएका छन् भने त्यहीँमाथि मिटरब्याजीको ज्यादतीले थलिएका ऋणी वित्तीय संस्थाप्रति नकारात्मक छन् । लघुवित्त पीडितको आन्दोलनसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदरको विरुद्धमा निजी क्षेत्र नै आन्दोलित भएको अवस्था छ । यही बेला अर्थतन्त्रमा देखिएको मन्दी र सहकारीको दायराबाहिरको लगानी एव त्यसबाट निम्तिन सक्ने समस्या सरकारलाई टाउको दुखाइको विषय बनेको छ ।

एकातिर लघुवित्त समस्यामा पर्ला भन्ने चिन्ता छ भने अर्कातिर सहकारीप्रतिको विश्वास गुम्न नदिन नियामकीय निकायको बलियो भरोसा चाहिएको अवस्था छ । नेपालमा पछिल्लो समय देखिएको आर्थिक मन्दीको असर एकपछि अर्को क्षेत्रमा देखिन थालेको छ । त्यसको असर निजी क्षेत्रमा परेको छ भने सकारको राजस्व संकलन कम भएको तथ्यांकबाट पनि बुझ्न सकिन्छ । यही बेला अमेरिकामा बैंक टाट पल्टिएको खबरले नेपाली बजार पनि चिन्तित हुन पुगेको छ ।

अमेरिकामा सिलिकन भ्याली, सिल्भर गेट र सिग्नेचर बैंक टाट पल्टिएसँगै यसलाई विश्वव्यापी आर्थिक संकटको संकेतका रूपमा हेरिएको छ । नेपालमा पनि असर पर्न सक्ने चिन्ता वित्तीय क्षेत्रमा छ । अमेरिकाको यो प्रकरणले नेपाली वित्तीय क्षेत्रलाई झकझक्याएको छ । तर, अमेरिकाको बैंक डुब्दैमा नेपालमा चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् । नेपाली वित्तीय क्षेत्र नियामकीय निर्देशनभित्रै बसेको, मर्जर भएर बलियो बनेको, ठूलो पूँजी भएको र बैंकमा खराब कर्जाको दर धेरै नभएकाले निक्षेपकर्ता ढुक्क हुन सक्ने अवस्था रहेको बैंकरहरू बताउँछन् । तैपनि पछिल्लो समय लघुवित्तमा सिर्जना गरिएको आतंक र सहकारीमा देखिएको समस्या बैंकसम्म आउँछ कि भन्ने चिन्तामा भने वाणिज्य बैंकहरू पनि देखिन्छन् ।

यसले सहकारी र लघुवित्तमा रहेको डिपोजिट बैंकमा आउन सक्ने सम्भावना देखिन्छ । एउटा सिस्टममा समस्या आएर अर्कोले थोरै लाभ पाउनुलाई पक्कै राम्रो मान्न सकिन्न । कुनै बेला वाणिज्य बैंकहरू नै समस्यामा हुँदा पनि केन्द्रीय बैंकले व्यवस्थापन जिम्मा लिएकै थियो । नेपालमा खराब कर्जा बढी भएका कारण समस्या हुन्छ भनेर नियन्त्रणमा लिएर चलाएका उदाहरण छन् । एउटा बैंकमा समस्या आयो भने अरूलाई असर पार्छ भनेर नियामक निकाय नेपाल राष्ट्र बैंकले दैनिक नियमन गरिरहेको छ भने ५ लाखसम्म रकमको निक्षेप सुरक्षण बीमाबाट भएकाले आत्तिनु पर्ने कुनै अवस्था नरहेको पनि बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले अमेरिकाको बैंकको भन्दा हाम्रोमा भिन्न परिस्थिति रहेको तर्क गर्दै नेपाली बैंक सुरक्षित भएको दाबी गरे । अधिकारीका अनुसार अमेरिकी बैंकहरूमा डिपोजिट भन्दा पनि ऋणको सीमा उच्च भएर निक्षेपकर्ताको पैसा निकाल्न नै नपुग्ने अवस्थामा पुगेको देखियो । ‘अमेरिकी बैंकहरूले धेरै पैसा बन्डमा लगाइरहेको देखिएको छ ।

यसमा धेरै पैसा लगाउँदा रिटर्न कम भयो । ५ प्रतिशतमा लगाएको यसको ब्याजदर १० प्रतिशत भयो तर तुरुन्तै फिर्ता लिन पनि सकेनन्,’ सीईओ अधिकारीले भने, अमेरिकी अर्थतन्त्रमा ब्याजदर बढ्दै जान थाल्यो, जसले गर्दा निक्षेप बैंकबाट झिकेर बजारका अन्य क्षेत्रमा लगाउनेहरूका कारण बढेको मागले समस्या सिर्जना भएको देखिएको छ ।’ नेपालको सन्दर्भमा बैंकहरू सुरक्षित रहेको र अहिले अन्तर्राष्ट्रिय अवस्था हेरेर आत्तिनु नपर्ने उनको दाबी छ । नेपाली बैंकहरूसँग तरल सम्पत्ति न्यूनतम् २० प्रतिशत राखिएको छ ।

पूँजी पनि पर्याप्त मात्रामा छ । बैंक तथा वित्तीय संस्थामा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शुरू भएको बासेल अनुसार नै सबै बैंकहरूको पूँजी पुगेको छ । अहिले नै नेपाली बैंकहरूमा समस्या आइहाल्छ भन्ने अवस्था नभएको भन्दै सीईओ अधिकारीले थपे, ‘अर्थतन्त्रमा परिरहेको प्रभावको असर भने बैंक तथा वित्तीय संस्थाहरूमा परिरहेको छ । बैंक टाट नै पल्टिहाल्ने अवस्था भने कुनैको पनि छैन ।’ नेपालमा बैंकहरूको पुँजी पर्याप्तता अनुपात, कर्जा निक्षेप अनुपात, तरल सम्पत्तिसहितको सूचक वाञ्छित सीमाभित्रै रहेका छन्, जसले गर्दा तत्काल समस्या निम्तिने सम्भावना कम भएको यस क्षेत्रका जानकारहरू बताउँछन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट अमेरिकामा जस्तो क्रिप्टो करेन्सीमा लगानी, बैंकहरूमा कम ब्याज पाउने बन्डमा लगानी र निक्षेप फिर्ता नै गर्न नसक्ने गरी अधिक कर्जा प्रवाह हुने समस्या नेपाली बैंकहरूमा नभएको दाबी गर्छन् । ‘जोखिम कम हुने क्षेत्रमा लगानी, नियामकीय निकायको प्रत्यक्ष निर्देशनभित्र रहेर काम र खराब कर्जाको दर पनि तुलनात्मकरूपमा कम भएकाले हामी सुरक्षित ठाउँमै छौं ।

राष्ट्र बैंकको नियमनमा पनि कुनै कमजोरी छैन’, भट्टले भने । अर्थतन्त्र पनि सुधारकै दिशामा रहेको राष्ट्र बैंकले प्रकाशित गर्ने तथ्यांकले देखाइरहेको हुँदा अहिलेको अवस्थामा नेपाली बैंकहरूमा कुनै समस्या छैन भनेर ढुक्क हुन सकिने जिकिर भट्टले गरे । विदेशी मुद्रा सञ्चिति मासिकरूपमा सुधार हुँदै गएको छ । आर्थिक गतिविधि पनि विस्तारै अगाडि बढ्दै गएको हुँदा वित्तीय क्षेत्रलाई कुनै ठूलो दबाब छैन । गत वर्ष वित्तीय संस्थाहरूमा तरलता नहुँदा परेको दबाबमा त सम्हालिएर आएका थिए भने अहिले गत गत वर्षको तुलनामा धेरै सुधार भइसकेको दाबी प्रवक्ता भट्टले गरे । राष्ट्र बैंकले नियमित अनुगमन तथा सुपरिवेक्षण गरिरहेको र कुनै कमी कमजोरी हुन नदिन सचेत भएर हेरिरहेको उनले बताए ।


प्रकाशित : २०७९ चैत्र १, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप