लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ऐतिहासिक चलचित्र ‘प्रभु कति महान्’ को प्रिमियर शो धरानको सैनिक भवनमा बैशाख १२ गते सम्पन्न भएको छ ।

ऐतिहासिक चलचित्र ‘प्रभु कति महान्’ को प्रिमियर शो धरानको सैनिक भवनमा बैशाख १२ गते सम्पन्न भएको छ ।

facebook sharing button
twitter sharing button
print sharing button
whatsapp sharing button
digg sharing button
xing sharing button

प्रभु कति महान् चलचित्रको प्रिमियर शो

महाप्रतिवाद समाचारदाता

धरान । ऐतिहासिक चलचित्र ‘प्रभु कति महान्’ को प्रिमियर शो धरानको सैनिक भवनमा बैशाख १२ गते सम्पन्न भएको छ ।

जुरेली फिल्मस प्रा.ली.को ब्यानरमा तयार भएको उक्त चलचित्रको प्रिमियर शो धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) को प्रमुख आतिथ्यतामा  भएको हो ।

चलचित्र निर्माता बिनोद रसाइली जुरेलीले उक्त फिल्म २०३० सालतिरको ऐतिहासिक घटनाक्रमलाई समेटेर निर्माण गरिएको बताए । उनले इतिहासलाई संरक्षण गर्दै वर्तमानमा जिउनका लागि सहज बनाउने र मानिसको भविष्यको आशाको स्पष्ट संकेत भएकोले चलचित्र सबैले मन पराउनेमा आफु ढुक्क रहेको बताए ।

चलचित्रका लेखक तथा निर्देशक प्रकाश लिम्बुले पुराना तथा नयाँ कलाकारहरुको कला प्रस्तुतीले चलचित्र ‘प्रभु कति महान्’ हलसम्म ल्याएर प्रदर्शन गर्न सकिएको बताए ।

प्रिमियर शोका अवसरमा प्रमुख अतिथि हर्क साम्पाङ्ले चलचित्रले असल मान्छे बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘अहिले केहि मान्छेहरु मेरो विरुद्धमा लागेको देख्दा उनीहरु यो दुई दिने संसार छोडेर गइदैन जस्तो गर्छन् तर यो समाजमा आफुले केहि चेतना, शिक्षा र संस्कार छोड्नु पर्छ भन्ने सोच्दैनन्, सकरात्मक सोंचतर्फ यो चलचित्रले जोड दिएको छ, सबैले एक पटक हेर्ने कोशिष गरौं ।’

चलचित्र ‘प्रभु कति महान्’ हेरेपछि प्रतिक्रिया दिँदै दर्शकहरुले भने, ‘ख्रीष्टियन आस्था र विश्वासमा लाग्दा धेरै मान्छेले निकै ठुलो सतावट भोगेको पाइयो, अब मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, आफ्नो आस्था अनुसार जिउन पाउनु पर्छ ।’

चलचित्र गाउँले परिवेशमा मदन र कला जिएको देखाइन्छ, मदनकी छोरी विरामी हुँदा झाँक्री र औषधी गरिन्छ तर उनी पटक्कै निको हुँदिनन् । मदनको घरमा एक जना बटुवा साँझमा बास खोज्दै आउँछन् । मदन र कलाको छोरी बिमारी भएपछि प्रार्थना गरेर निको हुन्छिन् । त्यसपछि मदन, कला र जुरेलीले येशू ख्रीष्टमाथि विश्वास गर्छन् । गाउँमा प्रधानपञ्चको छोरी पनि विमारी हुन्छिन् र झाँक्रीलाई उपचारका लागि बोलाउँदा गाउँको कुल बिग्रेको बताउँछन् । त्यसपछि मदन र कलाले विश्वास गरेका कारण गाउँको कुल विग्रेको भन्दै प्रधानपञ्चले मदनकै दाजुभाई र छिमेकी लगाएर मरणासन्न हुने गरी कुटपिट गर्छन् । केहि समयपछि धर्म छोड्न कागज गराईन्छ तर उनीहरुले बाइबल पढ्न, प्रार्थना गर्न र संगति गर्न नछोडेपछि पुलिस लगाएर पुनः मरणासन्न हुनेगरी कुटपिट गरिन्छ । तर प्रधानपञ्चको श्रीमतिले छुटाउँछिन् । जब मुलुकमा राजनीतिक अवस्थामा परिवर्तन आउँछ अनि ख्रीष्टियनहरुले चर्चमा संगति गर्न पाएको दृश्य चलचित्रमा प्रदर्शन गरिएको छ । ति घटनाहरु बाइबलका विभिन्न पुस्तकहरुमा उल्लेख गरिएकोले पुरा भएको सन्देश दिइएको छ ।

चलचित्रले दर्शकलाई पेट मिचि मिचि हसाएको छ, धुरुधुरु रुवाएको छ र अन्तिममा सत्य कुरा सोच्न बाध्य बनाएको छ । यसअर्थमा चलचित्र ऐतिहासिक घटनाक्रम समेटिएको कथामा आधारित रहेको छ ।

चलचित्रमा कलाकारहरु गंगा बरदान, प्रकाश लिम्बु, चन्द्र सोताङ, विनोद रसाइली ‘जुरेली’ शशीकला राई, सुवास राई, रञ्जित राई, नमिक्षा मगर, लक्ष्मण खनाल लगायत रहेका छन् ।


प्रकाशित : २०८० बैशाख १२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप