लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय अध्यक्षमा पुनः कर्माचार्य चयन, शाक्य केन्द्रिय सदस्यमा निर्वाचित

बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो महाधिवेशन बुटवल घोषणा पत्र २०८० जारी गर्दै सम्पन्न भएको छ ।

महाधिवेशनले पुनः नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यलाई राष्ट्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा ध्रुव थपालिया (चितवन) महासचिवमा कृष्ण चौहान क्षेत्री (रुपन्देही) सचिवमा तिर्थराज अवस्थी (कास्की) कोषाध्यक्षमा प्रमिला लामा (रसुवा) लाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै महाधिवेशनले केन्द्रिय सदस्यहरुमा विमलकुमार भित्रकोटी (काठमाण्डौं) धर्मराज लुइटेल (नवलपरासी) पूर्व प्रेमप्रसाद लम्साल (बर्दिया) मनु लामा (प्यूठान) प्रवाशकुमार शाक्य (सुर्खेत) सुशिल घर्ती क्षेत्री (डोटी) गोविन्द वाग्ले (बाँके) भिम विक (कैलाली) रामबहादुर खड्का (गोरखा) भेषराज पाण्डे (गुल्मी) ध्रुव रुपाखेती (धादिङ्ग) र गुञ्जन कुमार गुप्ता (कपिलवस्तु) लाई सर्वसम्मत चयन गरेको छ ।

कार्यक्रममका प्रमुख अतिथी लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले रक्तदाता समाजको माग जायज भएकोले मागलाई प‌हिलो प्राथमिकतामा राखेर सदन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पान्डेले समाजका मागलाई आफ्नो पालिकामा लागु गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । त्यस्तै उपप्रमुख सावित्री देवी अर्यालले रक्तदानको क्षेत्रमा निर्धक्क भए काम गर्न आग्रह गर्दै त्यसकालागि पालिकाले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

महाधिवेशनले ८ बुँदे घाेषणा पत्र जारी गरेको छ । १. नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा उठउँदै आइरहेको रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू नि:शुल्क बितरण हुनुपर्ने मागलाई प्रदेश सरकार र स्थानीय सरकारले आंशिक रूपमा भएपनि वितरण गर्न शुभारम्भ गरिएकाेमा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

२. देशभित्र गुणस्तरीय परिक्षण पश्चात् पीडित पक्षलाई संघीय सरकारले नै एकरूपताका साथ रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू नि:शुल्क उपलब्ध गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ ।

३. स्वयंसेवी रक्तदाताहरूकाे स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरि रक्तदान पूर्व हेमाेग्लाेबिन (Hb) काे मात्रा परिक्षण गरेर मात्र रक्तदान गराउनु पर्ने प्रस्ताव पारित गरिएको छ ।

४. हाल नेपाल सरकारले स्वयंसेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेकाे रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूमा गरिएको शुल्क निर्धारण फिर्ता गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

५. स्वयंसेवी रक्तदाताहरूकाे संलग्नतामा राष्ट्रिय रक्त सञ्चार सेवा व्यवस्थापन समितिकाे गठन गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

६. नयाँनयाँ स्वयंसेवी रक्तदाताहरूकाे संख्यामा वृद्धि गर्न start 18 stars team काे अवधारणालाई तत्काल सरकारी स्तरबाटै ब्यबहारिकरण गर्नुपर्ने प्रस्ताव पारित गरिएकाे छ ।

७.रक्त व्यवस्थापनकाे क्षेत्र यस्तै अस्तब्यस्त बनाइ राख्ने र स्वयंसेवी रक्तदाताहरूकाे रगतमा व्यापार गरिरहने हाे भने नेपाल स्वयंसेवी रक्तदाता समाज भाेलिका दिनमा आफैले “च्यारपटी रक्त सञ्चार सेवा केन्द्र” सञ्चालनमा ल्याउन बाध्य हुने प्रस्ताव समेत पनि पारित गरिएको छ ।

८.उपचारका क्रममा चिकित्सकहरूले सहि राेगकाे पहिचान गरि आवश्यक मात्रामा रगत वा रक्त-तत्व कुन आवश्यक हाे प्राथमिकताकाे आधारमा ब्यवस्थापन गर्न पहल गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ ।


प्रकाशित : २०८० बैशाख १७, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप