लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

वैशाख २५ देखि तीन दिनसम्म बजेट तयारीबारे संसदमा छलफल हुने

काठमाडौँ । वैशाख २५ देखि २७ गतेसम्म बजेट तयारी (प्रि-बजेट)बारे प्रतिनिधि सभामा छलफल हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २५ देखि २७ गतेसम्म प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने र २७ गते अर्थमन्त्रीले जवाफ दिने कार्यतालिका तय भएको नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।

यो बाहेक परामर्श समितिको बैठकमा सदनलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा सांसदहरुले उठाएका विषयको जवाफ दिनुपर्नेबारेमा समेत छलफल भएको  छ ।‘सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुँदा सांसदहरुको ई–हाजिरीको व्यवस्था गर्नुपर्ने तथा लगातार संसदमा बस्ने सांसदको नाम सदनमा प्रस्ताव गरिनुपर्ने र सभामुख र उपसभामुख तटस्थ हुनुपर्ने विषयमा पनि छलफल भयो’, खतिवडाको भनाइ छ ।

अर्थमन्त्रीले प्रिबजेटमाथि उठेका प्रश्नको जवाफपछि सरकारको नीति तथा कार्यक्रम आउने र जेठ १५ गते बजेट ल्याउने तयारी छ ।


प्रकाशित : २०८० बैशाख २४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप