सरकारले रेवतीरमण पौडेललाई नेपाल कृषि वन सेवा समूहको सचिवमा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरिएको शर्माको भनाइ छ ।
उनका अनुसार मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको छ ।
त्यस्तै ढल्केवर वाणगंगा १३२ केबी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको पनि शर्माले जानकारी दिइन् ।
प्रकाशित : २०८० बैशाख २६, मंगलवार : प्रकाशित


समाचार


