लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमाले सचिवालय बैठक सकियो, टोपबहादुर रायमाझीका हकमा ‘विधिको शासन मान्ने’

नेकपा (एमाले) को सचिवालयको बैठक सकिएको छ।

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ।

बैठकका निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले पर्सि (बिहीबार) देखि सुरू हुने केन्द्रीय कमिटीका लागि विभिन्न एजेन्डा तय भएको जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीबारे के कुरा भयो भन्ने प्रश्नमा गुरूङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले कानुन र विधिअनुसार भएको अनुसन्धानलाई सघाउने कुरा भएको बताए।

‘यसमा हामीले लामो छलफल र निर्णय गरिराख्नुपर्ने विषय परेन। नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो। कमरेड टोपबहादुर रायमाझीको हकमा  विधिपूर्वक हुने अनुसन्धानमा सघाउने भन्नेछ,’ उनले भने।


प्रकाशित : २०८० बैशाख २६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप