लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संसदको गतिरोध खोल्न प्रधानमन्त्रीले शनिबार एमालेसँग वार्ता गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको अवरोधले सरकारका नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम प्रभावित हुने भएपछि प्रधानमन्त्री प्रचण्डले एमालेसँग वार्ता गर्ने भएका छन् । शनिबार बिहान साढे ८ बजे सिंहदरबारमा छलफलका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले नेताहरूलाई बोलाएका हुन् ।

संसदको अवरोध खुलाउन प्रमुख सचेतकको तहमा शुक्रवार दिनभर भएको प्रयास विफल भएपछि प्रधानमन्त्री स्वयंले अग्रसरता लिएका हुन् । प्रधानमन्त्रीले वार्ताका लागि बोलाएको नेकपा एमालेका एक प्रभावशाली नेताले लोकान्तरलाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुनको जलहरी राख्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट घोटाला भएको भन्ने खालको अभिव्यक्ति दिएको विरोधमा एमालेले शुक्रवार प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो ।

एमालेको विरोधका कारण २० मिनेटका लागि भन्दै मध्याह्न स्थगित भएको बैठक तीन वटा सूचना टाँसेर शनिबार अपरान्हसम्मका लागि स्थगित भएको छ ।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारका नीति तथा कार्यक्रम पारित गर्नुपर्ने सरकारकै पार्टीले प्रतिपक्षी दलका नेतामाथि लगाएको तथ्यहीन आरोप सम्बन्धमा सरकारले चित्तबुझ्दो जवाफ दिएपछि मात्र संसद अवरोध खुल्ने बताए ।


प्रकाशित : २०८० जेष्ठ १२, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप