लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जलहरी प्रकरण : सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने तीन दलबीच सहमति

प्रतिनिधि सभामा उठेको पशुपतिनाथको जलहरीका विवादमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्ने भएका छन् । शनिवार सिंहदरबारमा भएको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले जलहरी विवादका विषयमा संसद्‍मा सम्बोधन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली नजोडिने बताएका थिए ।

‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुनेगरी तथ्यहीन र आधारहीन अभिव्यक्ति दिनु गलत भएको हो,’ गिरीले भने, यसलाई गलत भनेरै जानुपर्छ भन्ने अण्डरस्ट्याण्डिङ बनेको छ । उहाँ (प्रधानमन्त्री)ले यसबारे संसद्मा सम्बोधन गर्नुहुनेछ ।’

साथै माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको गिरीले जानकारी दिए । आगामी दिनमा पनि यस्ता तथ्यहीन आरोपहरू संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरूरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।

यससँगै सदनको अवरोध हट्ने भएको छ । तीन दलबीच सहमति भएसँगै एमालेले संसद्मा अवरोध नगर्ने बताएको छ ।

प्रतिनिधि सभा बैठक आज साँझ ४ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

शुक्रवारको बैठकमा पशुपतिनाथमा हालिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि एमालेले बैठक अवरुद्ध गरेको थियो ।

यसअघि गत बुधवारको बैठकमा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पशुपतिमा सुन भनेर पित्तलको जलहरी राखेको आरोप लगाएका थिए ।

तीन दलको बैठकमा प्रधानमन्त्रीप्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक, एमाले अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।


प्रकाशित : २०८० जेष्ठ १३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप