लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकताको समस्या समाधान हुन्छ: प्रचण्ड

नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको छ । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक प्रमाणीकरणका लागि आग्रह गर्दै पत्राचार भइसकेको बताए ।

उनले भने, ‘नागरिकता विधेयकबारे विगतको विवरणसहित क्याबिनेटले राष्ट्रपतिसमक्ष त्यसलाई प्रमाणीकरणका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । र, त्यो पत्र राष्ट्रपतिकोमा पुगेको छ ।’

प्रचण्डले अगाडि भने, ‘मलाई विश्वास छ राष्ट्रपतिले यसलाई प्रमाणीकरण गरेर नागरिकतासम्बन्धी विगतमा हामीले दुवै सदनबाट विगतमा जे पारित गरेर पठाएका थियौँ, त्यो समस्याको यो पटक समाधान हुन्छ ।’

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको थियो ।


प्रकाशित : २०८० जेष्ठ १३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप