लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विराटनगरको देवकोटा चोकमा तनाव, प्रहरीबाट अश्रुग्याँस प्रहार

१४ जेठ, बिराटनगर । प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन जारी राखेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएका कारण स्थिति तनावग्रस्त भएको छ ।

प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो। त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेपछि प्रदेश सभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ । कोशी प्रदेश सभाको बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखेपछि पहिलोपटक बैठक बस्न लागेको हो ।


प्रकाशित : २०८० जेष्ठ १४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप