लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दिल्लीमा प्रधानमन्त्री प्रचण्ड: महत्त्वपूर्ण भेटवार्ता र कार्यक्रममा सहभागी हुँदै

भारतको ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज (बिहीबार) महत्त्वपूर्ण भेटवार्ता तथा कार्यक्रममा सहभागी हुँदैछन्।

प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहानै दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुग्नेछन्। त्यहाँ गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेपछि उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन्। त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गर्ने अन्तर्क्रियालाई बिहीबार नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

बुधबार भारत पुगेका प्रधानमन्त्रीले भ्रमणको पहिलो दिन प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाले शिष्टाचार भेटवार्ता गरेका थिए। साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी थिए।

प्रधानमन्त्री बुधबार साँझ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सरिक भए। रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताए।


प्रकाशित : २०८० जेष्ठ १८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप