लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

सुदूरपश्चिममा दुई मन्त्रालयको मागसहित रेशम चौधरीले भेटे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। टीकापुर घटनामा आममाफी पाएपछि चौधरीले सोमबार बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी थिइन्।

सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतिअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए। दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन।

उनले टीकापुर घटनामा थारूहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन सरकारसँग माग गरे। उनले अझै टीकापुर घटनामा निर्दोष थारूहरु जेलमा रहेको भन्दै रिहाइका लागि अनुरोध गरे। उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारूहरुलाई न्याय दिनुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई भनेबमोजिमको मन्त्रालय उपलब्ध गराउन आफूले पहल गर्ने बताएका थिए। उनले टीकापुर घटनाका निर्दोषहरूलाई पनि न्याय पाउनुपर्ने बताएका थिए।


प्रकाशित : २०८० जेष्ठ २९, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप