लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एसईईको नतिजा हेर्न नेपाल टेलिकमका ३ विकल्प

यसै साता सार्वजनिक हुने भनिएको एसईईको नतिजा प्राप्त गर्न सकिने गरी नेपाल टेलिकमले तीन विकल्प उपलब्ध गराउने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यसको जानकारी दिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानो ठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई नतिजा प्राप्त गर्न कम्पनीले आईभीआर, एसएमएस र वेबसाइटको व्यवस्था मिलाएको छ । यसका लागि निम्न अनुसारको प्रक्रिया अपनाउनु पर्ने हुन्छ ।

१. आईभीआर

नेपाल टेलिकमको ल्यान्ड लाइन फोन, मोबाइल वा सीडीएमएबाट १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार एसईईको नतिजा थाहा पाउन सकिन्छ ।

२. एसएमएस

मोबाइलको मेसेज बक्समा गई SEE (सिम्बोल नम्बर) राखी १६०० मा एसएमएस पठाएर पनि एसईईको नतिजा हेर्न सकिनेछ ।

३. वेबसाइट

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा गएर अथवा यहाँ क्लिक गरेर आफ्नो मार्कशिट सहितको रिजल्ट हेर्न सकिन्छ ।


प्रकाशित : २०८० असार २१, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप