लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ट्वीटरको विकल्पमा आएको ‘ट्रुथ सोसल’ नेपालमा उपलब्ध, यसरी गर्नुहोस् प्रयोग

माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरको प्रतिस्पर्धीका रूपमा सुरु भएको ट्रुथ सोसल नेपालमा पनि उपलब्ध भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले सन् २०२१ मा प्रतिबन्ध लगाएपछि उनले आफ्नै नेतृत्वमा ट्रुथ सोसल एप सार्वजनिक गरेका थिए ।

सुरुवाती चरणमा युरोपमा उपलब्ध यो प्लेटफर्म हालै नेपालमा पनि उपलब्ध भएको हो ।

ट्वीटरमा पोस्ट भएका कुरालाई ट्वीट भनिन्छ भने ट्रुथ सोसलमा पोस्ट भएका कुरालाई ‘ट्रुथ’ भनिने कम्पनीले जनाएको छ । त्यस्तै रिप्लाईलाई ‘रिप्लाई’, लाइकलाई ‘लाइक’ र नोटिफिकेसनलाई ‘अलर्ट’ नाम दिइएको छ ।

ट्रुथमा कसरी साइनअप गर्ने ? 

अन्य सामाजिक सञ्जाल जस्तै ट्रुथ पनि सहजै गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरबाट इन्स्टल गर्न सकिन्छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलाेड गर्नुहोस् ।

एप इन्स्टल गरेपछि के गर्ने ?

-सबैभन्दा एप खोल्नुहोस् ।

-त्यसपछि ‘क्रियट न्यु अकाउन्ट’मा क्लिक गर्नुहोस् ।

-अनि आफ्नो जन्ममिति छान्नुहोस् र अन्तिममा रहेको ‘नेक्स्ट’ बटनमा ट्याप गर्नुहोस् ।

-यति गरेपछि तपाईंलाई आफ्नो जिमेल अकाउन्ट राख्न भनिएको हुन्छ । त्यही बक्समा आफ्नो ईमेल एड्रेस राख्नुहोस् ।

-त्यसपछि तपाईंको ईमेलमा कन्फर्मेसन लिङ्क जान्छ । ईमेल खोलेर कन्फर्मेसन लिङ्क क्लिक गर्नुहोस् ।

-ईमेल भेरिफाई भएपछि तपाईंलाई पासवर्ड राख्न भनिएको हुन्छ ।

-पासवर्ड राखेपछि आफ्नो प्रोफाइल पिक्चर, डिस्प्ले नेम जस्ता कुरा राख्नुपर्छ । अन्तिममा दुई ओटा ट्रुथ ह्यान्डल फलो गरेपछि ट्रुथको फिडमा पुग्न सकिन्छ ।


प्रकाशित : २०८० असार २१, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप