लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अवैधानिक बाटो प्रयोग गरी अमेरिका लगिदिने भन्दै एक जनासँग ६० लाखसम्म असुलेको आरोपमा पक्राउ

अवैधानिक बाटो प्रयोग गरी अमेरिका लैजाने आश्वासन दिएर २ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पञ्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरूलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिनेजस्ता आपराधिक कार्यमा संलग्न रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरोले बबरमहलबाट पक्राउ गरेको हो।

तामाङले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रुपैयाँसम्म रकम लिएको प्रहरीले जनाएको छ।

उनले हालसम्म पीडितहरूबाट २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

तामाङले नेपालबाट अमेरिका लैजाने भनी भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बियालगायत देशहरूमा पुर्याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रकाशित : २०८० श्रावण ९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप