लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लोकसेवा पुस्तकका लेखकको प्रष्टिकरण- जंगली भालुको प्रवृत्ति र प्रकृतिबारे लेख्दा अन्यथा टाइप भयो

लोक सेवा परीक्षाको तयारीबारे आफूले लेखेको पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितका प्रश्नोत्तरबारे लेखक श्री रामएकवाल दासले स्पष्टीकरण दिएका छन्।

सामाजिक सञ्जाल र माहिला अधिकारवादी संस्थाले चर्को आलोचना गरेपछि दासले पुस्तकमा अन्यथा टाइप भएको बताएका छन्। भालुको प्रवृत्ति र प्रकृति बारेमा बताउन खोजेको अन्यथा भएको भन्दै उनले माफी मागेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो बुक गेमस्काउट सी.गे. वन र वन्यजन्तुमा फोकस भएकोमा जंगली भालुको प्रवृत्ति र प्रकृति बारेमा बताउन खोजेकोमा अन्यथा टाइप भएको बुझिएकोले सो सच्याएर पढिदिनु होला।’

पुस्तकको आगामी संस्करणमा गल्ती सच्चिएर आउने प्रतिबद्धता व्यक्त गर्दै दासले महिला दिदीबहिनीलाई अपमानित गर्ने आफ्नो मनसाय नभएको उल्लेख गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘कसैलाई अन्यथा परेकोमा म साह्रै दुःखी छु, त्यसको लागि माफी चाहन्छु, मेरो मनसाय केटी वा दिदी बहिनीहरूलाई अपमानित गर्ने पटक्कै होइन, यसमा अथवा अन्य कुनै अरू गलत टाइपको लागि पुनः माफी माग्दै सचेत पाठकहरूले मेरो अन्यथा मिस्टेकलाई बेलैमा प्रष्ट पार्ने मौका दिनुभएकोमा धन्यवाद दिन चाहन्छु।’


प्रकाशित : २०८० श्रावण ९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप