लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

१२ करोडका मालिक विश्वकै धनी ‘भिखारी’ घोषित

सडकमा मागेर आफ्नो विहान बेलुकाको छाक टार्ने एक भिखारी ‘विश्वकै सबैभन्दा धनी माग्ने’ बने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ ।

तर भारतको मुम्बईस्थित सडकमा मागेर गुजारा चलाउने एक भारतीय पुरुषलाई १२ करोड बढी सम्पत्ति सहित विश्वकै सबैभन्दा धनी माग्ने घोषित गरिएको छ ।

मुम्बईको सडकमा मागेर गुजारा चलाउँदै विश्वकै सबैभन्दा धनी माग्ने बन्ने युवक हुन् भरत जैन । उनले सडकमा मागेरै मात्रै पनि दिनको २ हजार देखि २५ सय भारु जम्मा गर्ने गर्छन् । जैनले मुम्बईको छत्रपाटी शिवजी महाराज टर्मिनल रेलवे स्टेसन, आजाद मैदानजस्ता मानिसको आवतजावत बढी हुने स्थानमा निकै वर्षदेखि माग्दै आएका छन् ।

अहिले उनै जैनले राम्रै पैसा जम्मा गरिसकेका छन् । उनको कूल सम्पत्ति ७।५ करोड भारु अर्थात १२ करोड नेपाली रुपैयाँ रहेको छ । उनीसँग मुम्बईमा लगभग दुई करोडको दुई बेडरुम भएको फ्ल्याट छ । यसका साथै उनीसँग थानेमा दुई वटा पसल पनि छ । त्यसको भाडा प्रति महिना ३० हजार भारु आउँछ ।

उनको मासिक आम्दानी ९६ हजार रुपैयाँ अनुमान गरिएको छ जुन जागिरेहरूले कमाउनेभन्दा निकै धेरै हो ।

इकोनोमिक टाइम्सका अनुसार भरत जैनले पढेका छैनन् । आफ्नो गर्जो उनले मागेरै टार्ने निधो गरे । उनका सन्तानले भने उनको पदचाप पछ्याएनन् ।


प्रकाशित : २०८० श्रावण ९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप