लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’को जोडी फुट्यो !

चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’देखि घनिष्ट सम्बन्ध भएका कलाकारहरू हुन् मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र राजु पौडेल ‘राजु मास्टर’ । अभिनयसँगै यी दुई मिलेर केही समय मेरी बास्सै सिरियलको लेखन एवं निर्देशनसमेत गरेका थिए । पछि संयुक्त लेखन, निर्देशन एवं अभिनयमा दुईवटा सिरियल प्रसारणमा ल्याए । कमेडी विधाको ‘हल्का रमाइलो’ र सामाजिक विधाको ‘जुठे’ दुवै सिरियलले दर्शकबाट निकै माया पाए ।

‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’को सहकार्य सिरियलमा मात्र सीमित रहेन, यी दुई जोडी बनेर मेला–महोत्सवमा समेत पुगेर दर्शक हँसाए । म्युजिक भिडियोमार्फत् समेत दर्शकसामु प्रस्तुत भए । कलाकारितामा जमिरहेका उनीहरूबीच पछिल्लो समय भने सम्बन्ध चिसिएको हल्ला शुरू भएको छ । उनीहरूले औपचारिक व्यवसायिक सहकार्य तोडेको निकट स्रोतको भनाइ छ । हल्ला ‘हल्लामै सीमित नभएको’ केही आधारहरू समेत देखिएका छन् ।

‘वान एक्स वेट’ प्रकरणमा ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ पक्राउ परेपछि ‘हल्का रमाइलो’ र ‘जुठे’ दुवै सिरियलको प्रसारण प्रभावित बन्न पुग्यो ।

उनीहरू रिहा भएपछि ‘बल्छी धुर्वे’ले आफ्नो युट्युबबाट सार्वजनिक हुँदै आएको ‘हल्का रमाइलो’ सिरियल प्रसारणमा ल्याइसकेका छन् । यद्यपि, उक्त सिरियलका दुइटा भागमै ‘राजु मास्टर’ गायब छन् । हरेक भागमा देखिँदै आएका उनी नयाँ भागमा नदेखिनुले पनि सम्बन्ध चिसिएको हल्लालाई बल पुगेको छ ।

यता, ‘राजु मास्टर’को युट्युबबाट सार्वजनिक हुने ‘जुठे’ भने यतिबेला नियमित हुन सकिरहेको छैन । बरु, ‘राजु मास्टर’ले ‘लफडा’ शीर्षकमा नयाँ सिरियल ल्याउने तयारी गर्दै प्रोमो सार्वजनिक गरेका छन् । उनले आइतबार मात्रै फेसबुकमा लेखेको स्टाटसमा पनि ‘जुठे’ र आउने तयारीमा रहेको सिरियल ‘लफडा’लाई उल्लेख गर्दा ‘हल्का रमाइलो’बारे केही लेखेका छैनन् । ‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ दुवैसँग नजिक रहेकाहरूका अनुसार उनीहरूबीच दुई–तीन महिनाअघिदेखि नै सम्बन्ध चिसिएको थियो । आर्थिक रूपमा कुरा नमिल्दा उनीहरूको सम्बन्ध चिसिएको निकटस्थहरू बताउँछन् । पछिल्लो समय सिरियलको सम्पादनमा पनि उनीहरू एक्लाएक्लै पुग्ने गरेका थिए ।

‘बल्छी धुर्वे’ र ‘राजु मास्टर’ भने बजारमा चलेको हल्लामा यथार्थ नभएको बताउँछन् । ‘हामीबीच झगडा भएको केही पनि होइन् । सम्बन्ध पहिलेजस्तै छ’ बल्छी धुर्वेले भने, ‘हल्का रमाइलो सिरियलमा दाइ केही समय नदेखिनुभएको हो । केही समयपछि आउनुहुन्छ । जुठे सिरियल पनि आउँछ ।’

त्यस्तै ‘राजु मास्टर’ले पनि आफूहरूबीच बाहिर आएजस्तो कुनै मनमुटाव नभएको दाबी गरे । ‘बाहिर जे जस्तो हल्ला आएको छ । त्यस्तो केही पनि भएको होइन’ उनले भने, ‘हामी दुई जना दाजुभाइ बसेर भिडियो बनाएर दर्शकलाई प्रष्ट पनि पार्छौ ।’


प्रकाशित : २०८० श्रावण १५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप