लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपालबाटै विदेशको सेवा दिएर २०२२ मा ६७ अर्ब ६७ करोड २० लाख रुपैयाँ बढी आम्दानी

नेपाली आईटी कम्पनी तथा फ्रिलान्सरले नेपालबाटै विदेशको सेवा दिएर २०२२ मा ६७ अर्ब ६७ करोड २० लाख रुपैयाँ बढी आम्दानी गरेको पाइएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनमा यस्तो तथ्याङ्क देखिएको हो ।

उक्त तथ्याङ्क अनुसार सन् २०२० मा नेपालमा भएका आईटी कम्पनीले ८८ मिलियन अमेरिकी डलर (एक अर्ब १५ करोड ५४ लाख रुपैयाँ बढी) आम्दानी गरेका थिए । उक्त आम्दानी २६.८ प्रतिशतले बढेर २०२१ मा १११.५ मिलियन डलर (१४ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ) पुगेको थियो ।

सन् २०२२ मा ८०.५ प्रतिशत आईटी कम्पनीको आम्दानी बढेर २०१.३१ मिलियन डलर (२६ अर्ब ४३ करोड २० लाख रुपैयाँ) पुगेको तथ्याङ्कले देखाएको छ । त्यस्तै २०२० मा आईटी फ्रिलान्सरले ४३.२ मिलियन अमेरिकी डलर (करिब पाँच अर्ब ६७ करोड २१ लाख रुपैयाँ) आम्दानी गरेको देखिन्छ । उक्त आम्दानी २०२१ मा पहिलेको तुलनामा २१.९ प्रतिशतले बढ्दा ५२.७ मिलियन डलर (करिब छ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ) पुगेको थियो ।

सन् २०२२ मा आम्दानी ३२ प्रतिशतले बढ्दा आईटी फ्रिलान्सरबाट हुने आम्दानी ६९.६ मिलियन डलर (करिब नौ अर्ब १३ करोड ८४ लाख रुपैयाँ) पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी २०२० मा सूचना तथा प्रविधिमार्फत सेवा दिने फ्रिलान्सर (आईटीईएस) ले १७७.१ मिलियन डलर (करिब २३ अर्ब २५ करोड ३२ लाख रुपैयाँ) आम्दानी गरेका थिए । उक्त आम्दानी २०२१ मा १५.५ प्रतिशतले घट्दा १४९.७ मिलियन डलर (१९ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ) पुगेको थियो ।

तथ्याङ्क अनुसार सन् २०२२ मा भने आईटीईसी फ्रिलान्सरको आम्दानी ६३.४ प्रतिशतले बढ्दा २४४.५ मिलियन डलर (३२ अर्ब १० करोड २८ लाख रुपैयाँ) पुगेको थियो ।

यो अनुसन्धानबाट उक्त संस्थाले आईटीसँग सम्बन्धित सेवा निर्यात गरेर नेपालले वार्षिक ५१५ मिलियन अमेरिकी डलर (करिब ६७ करोड ६७ लाख रुपैयाँ) आम्दानी गरेको निष्कर्ष निकालेको छ ।

यसरी सेवा दिनेमा १०६ आईटी सेवा निर्यात गर्ने कम्पनी, १४ हजार ७२८ आईटी फ्रिलान्सर (सफ्टवेयर डेभलपमेन्ट एन्ड टेक्नोलोजी) र ५१ हजार ७८१ आईटीईएस फ्रिलान्सर (जसले विभिन्न डिजिटल प्लेटफर्मबाट आईटी सेवा निर्यात गर्छन् ।) रहेका छन् । यो रकम अघिल्ला वर्षहरूको तुलनामा ६४.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।


प्रकाशित : २०८० श्रावण १५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप