लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘मणिपुरमा निःसर्त शान्ति स्थापना हुनुपर्छ’

जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए) आबद्ध विपक्षी नेताहरूको एक प्रतिनिधिमण्डल इम्फाल आएको छ।

विपक्षी गठबन्धनमा आबद्ध २१ सदस्यीय प्रतिनिधिमण्डलले आज मणिपुरका गभर्नर अनुसुया उइकेलाई राजभवनमा भेटेर राज्यमा शान्ति स्थापना गर्न राज्यपाललाई अनुरोध गर्ने भएको छ।

ad
प्रतिनिधिमण्डलले राज्यमा शान्तिसुव्यवस्था कायम गर्न विशेष प्रयास गर्नुपर्नेमा जोड दिँदै राज्यपाललाई ज्ञापनपत्र पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनता दलका सांसद मनोज झाले बताए।

जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आग्रह गर्न तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई राज्यको वास्तविक वस्तुस्थितिबारे जानकारी गराउन राज्यपाललाई अनुरोध गर्ने उनले बताए।

जातीय हिंसाबाट विस्थापित भएका मानिस राखिएका चारवटा शिविरको भ्रमणपछि पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलका सदस्यहरूले केन्द्रसँग छलफल गरी शान्ति स्थापनाका लागि सुझाव र सल्लाह दिन तयार रहेको बताए।

द्वन्द्वग्रस्त राज्यमा यस्तै टोली नपठाएकोमा भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारको आलोचना गर्दै विपक्षी नेताहरूले आह्वान गरेको खण्डमा आफूहरू खुसीसाथ प्रधानमन्त्री नरेन्द्र मोदीका सर्वदलीय प्रतिनिधिमण्डलमा सामेल हुने विपक्षी सांसदले बताए। मणिपुरमा निःसर्त शान्ति स्थापना हुनुपर्नेमा उनीहरूको जोड छ।


प्रकाशित : २०८० श्रावण १५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप