लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

बिहान ७ बजे शपथ ग्रहण गर्ने भनिए पनि माओवादीले सरकारमा पठाउने मन्त्रीका बार‍ेमा टुंगो लगाउन नसक्दा शपथ रोकिएको थियो। सरकारमा सहभागी सबै दलबाट एक/एक जना मन्त्रीसहित आफूले पनि शपथ लिने तयारी मुख्यमन्त्री थापाले गरेका थिए।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यका कारण शपथ रोकिएको थियो। सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएर बहुमत जुटाइदिन सहयोग गरेका माओवादीका बाबुराम गौतमलाई मन्त्री बनाउने भने पनि आर्थिक योजना मन्त्री आफू हुनुपर्ने भन्दै आचार्यले विरोध जनाएका थिए।

तर अन्तत: उक्त मन्त्रालय गौतमले नै पाएका छन‍्। गौतमलाई नै आर्थिक योजना मन्त्रीमा पठाउने सहमति माओवादीभित्र भएपछि मुख्यमन्त्री थापाले शपथ ग्रहरण गरेका हुन्।


प्रकाशित : २०८० श्रावण १७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप