लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आरजु राणा विरुद्ध टिकटक भिडिओ बनाउनेलाई कारबाही नभए आफैं प्रतिकारमा उत्रने तरुढ दलको चेतावनी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवालाई लक्षित गरी टिकटकमा भ्रामक र अपाच्य सामग्री पोस्ट भएको भन्दै पार्टीको भातृसंगठन नेपाल तरुढ दलले आपत्ति जनाएको छ ।

शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा आरजु राणा देउवाको सामाजिक प्रतिष्ठा, इज्जत तथा मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने दुरासय राखी झूटा र अनर्गल पोष्ट भइरहेकाले सो कार्यमा संलग्न रहेकालाई कानूनी कारबाहीको दायरमा ल्याउन माग राखिएको छ ।

”सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजु राणा देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गर्दै तरुढ दल केन्द्रीय समिति त्यस प्रकारको व्यक्ति लक्षित भ्रामक कार्यको घोर भत्सर्ना गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहरूलाई तीन दिनमत्रि कानूनको दायरमा ल्याउन संगठनले गृह मन्त्रालय र प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।

”आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैं प्रतिकारमा उत्रने छौं,” विज्ञप्तिमा भनिएको छ, ”नेपाल तरुण दलको धैर्यताको बाँध नटुटोस, यदि दलले अन्यायका विरुद्ध आफैं प्रतिकारमा उत्रँदा हुनसक्ने कुनै पनि अकल्पनीय परिस्थितिको जिम्मेवार सरकार र सम्बन्धित पक्ष आफैं हुनुपर्ने छ ।”


प्रकाशित : २०८० श्रावण २०, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप