लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दावाको कनेक्सनमा रहेकाको खोजी शुरू- ‘कल डिटेल हेर्दा डरलाग्दो अवस्था’

काठमाडौं । सय केजी सुन तस्करी प्रकरणको छानबिन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका आरोपितसँगको कनेक्सनमा रहेका नेपाली तथा विदेशी नागरिकको खोजी तीव्र बनाएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई केन्द्रबिन्दु बनाएर सीआईबीले छानबिन शुरू गरेको छ ।

अन्तर्राष्ट्रिय सुन तस्करी गिरोहमा रहेर लामो समयदेखि काम गर्दैै आएका छिरिङको फरम्याट भएको मोबाइललाई रिकभर गर्दै तथा सामाजिक सञ्जालबाट आदान प्रदान भएका सूचनालाई आधार मानेर सीआईबीले छानबिन प्रक्रिया अघि बढाएको छ ।

ब्युरोले छिरिङको मोबाइलको कल डिटेल मगाएर अनुसन्धान गरेको छ । उनको कल डिटेल हेर्दा डरलाग्दो अवस्था देखिएको पनि सुन काण्डको अनुसन्धान गरिरहेको ब्युरोका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए । खास गरी छिरिङको नेकपा माओवादी नेतासँगको कनेक्सन देखिएको छ भने नेपालका व्यापारीसँग पटकपटक सम्पर्कमा रहेको र केही सरकारी उच्च कर्मचारीसँग समेत छिरिङको सम्पर्क रहेको पनि ब्युरोको अनुसन्धानले देखाएको छ ।

ब्युरोले छिरिङले नेपालबाट लिएको नागरिताको बारेमा समेत छानबिन शुरू गरेको छ । ब्युरोका एक अधिकृतका अनुसार छिरिङको हङकङ, दुबई, भारत र अफ्रिकाका तस्कर र माफिया समूहसँगसमेत कनेक्सन रहेको पत्ता लागेको छ । सुन तस्करी प्रकरणलाई टुंगोमा पु¥याउने दबाबमा रहेको ब्युरोले यसमा संलग्न अन्य व्यक्तिहरूको संलग्नताको पुष्टि गर्ने आधार खोजेको र केही महत्वपूर्ण सूचना पाएको पनि ती अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

हाल ब्युरोको हिरासतमा रहेका छिरिङले छानबिन प्रक्रियालाई सहयोग नगरेको र जे कुरा सोधे पनि आफूलाई थाहा नभएको बताउँदै आएको पनि ती अधिकृतले जानकारी दिए । ‘हामी यसलाई गलाउने तयारीमा छौं तर ऊ कुनै कुरा पनि स्वीकार गरिरहेको छैन’ –ती अधिकृतले भने ।

‘पक्राउ परेका अन्य आरोपितसँग बयान लिइरहेको ब्युरोको टोलीले हाल फरार रहेका केही माडवारी समुदायका व्यापारीको संलग्नताको बारेमा केही महत्वपूर्ण सूचना दिएका छन्, त्यही सूचनालाई आधार मानेर उनीहरूको संलग्नताको बारेमा थप अनुसन्धान अघि बढाएका छौं’ –

ती अधिकृतले भने । राजनीतिक र सत्तापक्षबाट हस्तक्षेप नहुने हो भने प्रहरीले यस अनुसन्धानलाई टुंगोमा पु¥याउने आशा आफूले गरेको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउनुहुन्छ ।

यहाँ त अनुसन्धानमा प्रभाव पर्लाजस्तो देखिएको छ पछिल्लो गतिविधि हेर्ने हो भने भन्दै पूर्व डीआईजी मल्लले प्रहरी प्रशासनले खुट्टा कमाएन भने अनुसन्धान सफल हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।


प्रकाशित : २०८० श्रावण २६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप