लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मधुमेह कम गर्ने घरेलु उपाय

मधुमेह आजकल सामान्य रोग बनिसकेको छ, जसका कारण विश्वभर लाखौं मानिस पीडित छन् । शरीरमा इन्सुलिन हर्मोन स्रावको कमीका कारण यो रोग लाग्ने गर्छ । यसबाहेक आनुवांशिक वा बुढ्यौली वा मोटोपना वा तनावका कारण पनि मधुमेह हुनसक्छ । मधुमेह रोग लागेका व्यक्तिमा हृदयघातको जोखिम सामान्य मानिसको तुलनामा धेरै गुणा बढी हुने विश्वास गरिन्छ । आउनुहोस् जानौं मधुमेहबाट मुक्ति पाउने केही घरेलु उपायहरू ।

करेला खानुहोस्

करेलालाई मधुमेहमा धेरै फाइदाजनक मानिन्छ । किनभने यसमा केराटिन नामक रसायन हुन्छ, जुन प्राकृतिक स्टेरोइडको रुपमा प्रयोग गरिन्छ । यसले रगतमा चिनीको मात्रा बढ्न पाउँदैन । त्यसैले करेलाको १०० मिलिलिटर जुसमा त्यत्ति नै मात्रामा पानी मिलाएर दिनको तीनपटक सेवन गर्नुहोस् । यसबाट पक्कै फाइदा हुनेछ ।

मेथी खानुहोस्

मेथी मधुमेह रोगीहरूका लागि धेरै लाभदायक छ । यदि तपाईंले दैनिक ५० ग्राम मेथी खानुभयो भने तपाईंको ग्लुकोजको स्तर कम हुँदै जानेछ र मधुमेहको समस्यामा राहत मिल्नेछ।

जामुन खानुस्

जामुनको रस, यसको बीज र पात सबै चिज मधुमेह रोगीका लागि लाभदायक हुन्छ । यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने जामुनको सुकेको दानाको धूलो बनाएर पानी वा दूधसँग एक चम्चा दिनमा दुईपटक खाने गर्नुस् । यसबाट पक्कै राहत पाउनुहुनेछ ।

अमला र करेलाको रस मिलाएर सेवन गर्नुस्

अमलालाई उपचारात्मक एजेन्ट मानिन्छ । मधुमेहका बिरामीका लागि समेत यो निकै फाइदाजनक हुन्छ । यदि तपाईं मधुमेहको रोगी हुनुहुन्छ भने एक चम्चा अमलाको रसमा त्यत्ति नै करेलाको रस मिसाएर दैनिक पिउनुहोस् । यसलाई मधुमेहको उत्तम औषधि मानिन्छ ।
यो सल्लाह सामान्य जानकारीका लागि मात्र दिइएको हो । कुनै पनि चिज उपभोग गर्नुअघि आफ्नो डाक्टर वा विशेषज्ञसँग परामर्श लिन नभुल्नुहोला ।
स्रोत : amarujala.com


प्रकाशित : २०८० श्रावण २६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप