लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

४४० मेगापिक्सल भएको क्यामेरा सेन्सर बनाउँदै सामसङ

आफ्नो स्मार्टफोनको क्यामेरा सेन्सर प्रविधिका कारण कोरियाली ब्रान्ड सामसङ चर्चित छ । यही ब्रान्डले फरक-फरक क्यामेरा सेन्सरहरूमा काम गरिरहेको बाहिरिएको छ ।

प्रविधिसम्बन्धी विभिन्न विवरणकाे खुलासा गर्ने रेभगनस (@Tech_Reve) ले एक्स (ट्वीटर) मा एक पाेस्ट गर्दै सामसङले चार नयाँ क्यामेरा सेन्सरहरूमा काम गरिरहेको दाबी गरेका छन् । उनका अनुसार सामसङले ४४० एमपी एचयू वन, ३२० एमपी सेन्सर, ०.७ माइक्रोन पिक्सेल भएको २०० एमपी एचपी सेभेन र १.६ माइक्रो पिक्सेल भएको ५० एमपी आईसोसेल जीएन सिक्स सेन्सरमा काम गरिरहेको छ ।

स्मार्टफोनहरूमा ४४० एमपी प्रयोग भए क्यामेरा सेन्सर टेक्नोलोजीमा महत्त्वपूर्ण छलाङ हुने बताइएको छ । यद्यपि अहिलेसम्म यो सेन्सर स्मार्टफोन वा ‍अन्य इन्डस्ट्रीमा प्रयोग हुन्छ भनेर निश्चित भने छैन । केही मिडियाले याे सेन्सर कार वा अन्य इन्डस्ट्रियल सामग्रीमा प्रयाेग हुनसक्ने भनेर लेखेका छन् ।

सामसङले यसअगाडि मानव आँखासँग मिल्ने रेजाेलुसन भएका सेन्सरहरू विकास गर्ने घोषणा गरेको थियो । अहिले विकास भइरहेको ४४० एमपी सेन्सरलाई त्यसैको रूपमा हेरिएको छ ।​

रेभनगसले ३२० एमपी क्यामेरा सेन्सर ग्यालेक्सी एस२६ (Samsung Galaxy S26) वा योभन्दा हाई इन्ड फोनहरूमा प्रयोग हुनसक्ने बताएका छन् ।​मिडियाटेकको डाइमेन्सिटी ९२०० चिपसेटले ३२० मेगापिक्सलको क्यामेरा सपोर्ट गर्ने तथ्यले पनि यो हाई रेजोलुसन सेन्सरको बजार बलियो भएको पुष्टि गर्छ । यसकारण चाँडै यो सेन्सर स्मार्टफोनमा हुने बताइएको छ।

२०० एमपी एचपी सेभेन क्यामेरा सेन्सर ग्यालेन्सी एस२३ अल्ट्राको २०० एमपी एचपी टू क्यामेरासँग मिल्दोजुल्दो देखिन्छ । तर यसमा पिक्सेल ठूलो भएको बताइन्छ ।

सामसङले बनाइरहेको ५० एमपी जीएन सिक्स सेन्सर सामसङको पहिलो एक इन्च क्यामेरा हुन सक्ने बताइएको छ । त्यस्तै क्यामेरा कम्पनी सोनीको एक इन्चको आईएमएक्स ९८९ सेन्सर ((IMX989)) समान पिक्सेल यसमा हुने बताइएको छ । यो सेन्सरले फोटो तथा भिडिओ खिच्न ‘लाइट क्याप्चर’, पृष्ठभूमि आदिमा सुधार गर्ने बताइएको छ ।


प्रकाशित : २०८० भाद्र २, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप