लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

कोसीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्च जान्छौं : एमाले

विराटनगर : संविधानविपरीत विश्वासको मत लिएको भन्दै कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध एमाले सर्वोच्च अदालन जाने भएको छ।

सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको एमालेको ठहर छ। सभामुखको भूमिकामा रहेर प्रदेशसभाको अध्यक्षता गरेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सोमबार प्रदेशसभामा थापालाई विश्वासको मत दिएका थिए।

एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी विश्वासको मत लिने नाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिने काम भएको बताउँछन्।
‘संसदीय अभ्यास र परम्परामा योभन्दा निन्दनीय अरु हुनै सक्दैन,’ उनले भने, ‘मत बराबर नभएको अवस्थामा सभामुखले मतदान गर्नु संविधान, कानुन र संसदीय मर्यादाविपरीत हो।’ भण्डारीले यसविरुद्ध सर्वोच्चमा जाने पनि बताए। उनले भने, ‘प्रदेशसभाभित्र आफ्नो हिसाबले पर्दाफास गर्छौ र कानुनी लडाइँमा पनि जान्छौं।’

मत हाल्ने समयावधि सकिएपछि ‘जुरुक्क उठेर’ सभामुखले मतदान गर्नु घोर आपत्तिजनक र संसदीय अपराध भएको भण्डारी बताउँछन्। मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च जाने र त्यसको तयारी थालिएको उनले बताए। ‘सत्तारुढ गठबन्धनले पटकपटक संविधानको धज्जी उडायो। कानुन नमान्ने र संसदीय गरिमा नराख्ने काम गर्‍यो,’ भण्डारी भन्छन्, ‘संविधानमाथिको हमलाले निर्लज्ज बनाएको छ। प्रदेशसभाभित्र संसदीय मूल्य मान्यताविपरीत दण्डनीय अपराध भएको छ।’

सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई सर्वोच्चले सच्याए पनि गठबन्धनले पुनः त्यही बाटो अवलम्बन गरेको उनले बताए।


प्रकाशित : २०८० भाद्र ४, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप