लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

उपल्लो मुस्ताङको लोमान्थाङमा यार्तुङ पर्व सुरु

जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ सोमबारदेखि सुरु भएको छ।

लोमान्थाङमा सदिंयौदेखि परम्परागत रूपमा मनाइँदै आइरहेको यार्तुङ पर्व तीन दिनसम्म विभिन्न कार्यक्रम गरी धुमधामले मनाइने प्रचलन छ।

यारको अर्थ बर्खा र तुङको अर्थ हिउँद भन्ने बुझिन्छ। बर्खायामपछि हिउँदयामको सुरुवाती झल्को दिने यार्तुङको सांस्कृतिक विशेषता हो। बर्सेनि खेतीपातीको कामकाज सकेर हिउँदयामको सुरुआती महिनामा मनाइने यो पर्वलाई यार्तुङ भन्ने गरिएको हो।

यार्तुङ हिमाली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। पर्वसँगै हिउँदयाम सुरु भएको सन्देश दिने गर्छ। उपल्लो मुस्ताङीहरू यार्तुङ पर्व सकिएको २/३ महिनापछि जाडो छल्न बेसी झर्ने परम्परा छ।

आजदेखि सुरु भएको यार्तुङ पर्वमा राजा जिग्मे पलवर बिष्ट र रानी धोर्जे याङ्छी बिष्ट उपस्थित हुन सकेनन्। सांस्कृतिक राजा बिष्टकी आमा अस्वस्थ भई बिरामी परेपछि राजा र रानी  यार्तुङमा उपस्थित हुन नसकेका हुन्। पर्वमा लोमान्थाङका स्थानीयले राजा रानीलाई दरबार पुगेर खाँदा चढाएर आर्शीवाद लिने प्रचलन छ।

पर्वमा लोमान्थाङ गाउँका स्थानीय चार समूहमा बाँडिएर घोडा दौडाएर रमाइलो गर्छन्। यार्तुङमा स्थानीयहरूले गीत गाउने, नाच्ने र सांस्कृतिक स्याब्रो नाच देखाउने गर्छन्।

स्थानीयले दसैं पर्व जस्तै महत्वपूर्ण मानेर यार्तुङ पर्व फरक प्रकारले मनाउने चलन रहेको छ।  यार्तुङको पहिलो दिन गाउँका प्रत्येक घरधुरीले छ्याङ र खादा लिएर बिष्ट समुदायका अग्रज व्यक्तिको घरमा पुगेर आर्शीवाद ग्रहण गरेका छन्।


प्रकाशित : २०८० भाद्र ४, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप