लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ओली नआएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

काडमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो।
ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए।

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको थियो। सो मस्यौदालाई सर्वदलीय बैठक बसेर अन्तिम रूप दिने बताए पनि ओली उपस्थित नहुँदा मस्यौदाले अन्तिम रुप पाउन सकेन।

आज स्थगित भएको बैठक भोलि बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रकाशित : २०८० भाद्र ५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप