लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको बताएका छन् ।

आइतबार पार्टी पत्रकारहरूको संस्था निकट समाजवादी प्रेस सङ्गठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दलाल पुँजीवाद हर क्षेत्रमा हाबी हुँदा भ्रष्टाचार सङ्कट बढ्दै गएको बताए ।

‘नेपाली जनताले विश्वास गरेर २०७४ को निर्वाचनमा वामपन्थीहरूलाई दुई तिहाइ मत दिए पनि त्यसपछि बनेको सरकारले जनभावनाअनुसार काम गर्न नसेको मात्रै होइन । संसद नै विघटन गरेपछि अस्थिरता सुरु भएको छ’, उनले त्यसपछि भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको भन्दै अगाडि भने, ‘यो जनतामा देखिएको चरम असन्तुष्टि हो ।’

उनले देश अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै यो एक किसिमको राजनीतिक सङ्कटका रूपमा रहेकाले पुँजीवादी शक्तिको जोडले बनाएका पद्धतिलाई बदल्न जरुरी रहेको बताए । उनले भने, ‘जस्तो निर्वाचन प्रणाली नबदली हुँदैन ।’


प्रकाशित : २०८० भाद्र १०, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप