लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

एसिया कपको उद्घाटन खेलअघि त्रिशाला गुरुङले प्रस्तुति दिने

एसिया कपको उद्घाटन खेलअघि नेपाली गायिका त्रिशाला गुरुङले प्रस्तुति दिने भएकी छन्।

बुधबार पाकिस्तानको मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलअघि पाकिस्तानी गायिका आइमा बेग र नेपाली गायिका त्रिशाला गुरुङले प्रस्तुति दिन लागेका हुन्।

उनीहरूले छोटो प्रस्तुति दिएपछि उद्घाटन खेल खेलिने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ।

नेपाली समयअनुसार उनीहरूले पौने ३ बजे छोटो प्रस्तुति दिनेछन्। त्यसपछि सवा ३ बजेबाट खेल सुरु हुनेछ।

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो। भारत र पाकिस्तान सम्मिलित समूहमा परेको नेपालले बुधबार पहिलो खेल आयोजक पाकिस्तानसँग खेल्दैछ।

त्यसपछि सेप्टेम्बर ४ मा नेपालले भारतसँग समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्नेछ। दुई मध्ये एक खेलमा जित निकाल्न सके नेपाल सूपर ४ मा प्रवेश गर्नेछ।


प्रकाशित : २०८० भाद्र १२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप