लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भीम उपाध्यायलाई पक्राउ गर्न गुरुङ राष्ट्रिय परिषदको अनुरोध

 सामाजिक सञ्जाल फेसबुकमा चितवनकी पूर्णिमा गुरुङको फोटो राखेर तमू (गुरुङ्ग) जातिको परम्परागत चालचलन, खानपान, धर्म र संस्कृतीलाई आँच पुर्‍याएको भन्दै तमू ह्युल छोंज धीं गरुङ राष्ट्रिय परिषद चितवनले नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै परिषदले पूर्णिमा गुरुङको फोटो राख्ने कैलाली टिकापुरका सन्तोष रिजाल र भीम उपाध्यायलाई पक्राउ गर्न अनुरोध गरेको हो ।

“जातीय द्वेष, सामाजिक सद्भाव र साम्प्रदायिक एकतामा खलल पुर्‍याउने, जातीय संस्कार र संस्कृति प्रति आँच पुऱ्याउने कार्यको हामी घोर भत्सर्ना गर्दछौं साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरू भीम उपाध्याय र सन्तोष रिजाललाई तुरुन्त पक्राउ गरि कानूनबमोजिम हदैसम्मको कारवाहीको लागि जोडदार माग गर्दछौं,” परिषदबाट जारी भएको विज्ञप्तिमा लेखिएको छ, “अन्यथा पीडितलाई न्याय दिलाउने क्रममा क्रमशः विरोधका कार्यक्रमहरू घोषणा गर्न हामी बाध्य हुने समेत सम्बन्धित सम्पूर्णमा जानकारी गराउँदछौं ।”

 


प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप