लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

स्नातक तहका प्रोजेक्ट वर्क, फिल्ड रिपोर्ट र रिसर्च पेपरमा अब बौद्धिक चोरी परीक्षण अनिवार्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नातक तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरेको छ । आफू अन्तर्गतका  क्याम्पसहरूलाई पत्राचार गर्दै संस्थानले यसबारे जानकारी दिएको हो ।

 

योसँगै बीएससी सीएसआईटी, बीआईटी, बी टेक फुड लगायतका विषयको परियोजना, टर्म पेपर, फिल्ड वर्क, इन्टर्नशिप रिपोर्ट आदिमा बौद्धिक चोरी परीक्षण अनिवार्य  गरिएको छ । विश्वविद्यालयले २० प्रतिशतसम्मको प्लेजरिजमलाई मान्यता दिइएको छ ।

विद्यार्थीहरूले विश्वविद्यालयले उपलब्ध गराएको आईथेन्टिकेट (iThenticate) सफ्टवेयरबाट बौद्धिक चोरी परीक्षण गर्नुपर्ने छ । सम्बधनप्राप्त कलेजहरूले त्रिवि केन्द्रीय पुस्तकालयबाट यो काम गर्नसक्ने बताइएको छ ।

२०७७ सालबाट विश्वविद्यालयले थेसिसमा हुने बौद्धिक चोरीका घटना नियन्त्रण गर्न ‘प्लेजरिजम डिटेक्टर सफ्टवेयर’ सञ्चालनमा ल्याएको थियो । त्यतिबेला एमफिल र विद्यावारिधि (पीएचडी) तहमा मात्र लागू गरिएको यो व्यवस्था अब स्नातक तहमा पनि लागू गर्न थालिएको छ ।

 

हेर्नुहोस् सूचना


प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप