लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राहुल महरालाइ ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाइ ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो।

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको नौ किलो सुन तस्करीमा उनी र उनको बाबु महरा समेत जोडिएका थिए।

चिनियाँ ब्यापारी दावासँग राहुल र उनको बाबु कृष्णबहादुर महतको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

यो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाएपछि आलोचना भइरहेको थियो। भेपमा लुकाएर ल्याएको सुन भन्सारका कर्मचारीहरु मिलेर निकालेर विक्री गरेका थिए। उनीहरु अधिकांश अहिले पुर्पक्षका लागि थुनामा छन्।

 

महरा बाबु–छोरामाथि अनुसन्धान गर्न दबाब बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधमा संलग्न देखिएका कसैलाई पनि नछाड्ने दाबी गर्दै आएका थिए।


प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप