एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ । सम्हालिएर खेलिरहेका सोमपाल कामी पनि आउट भएका छन् ।
उनी ४६ बलमा २८ रन बनाउँदै आउट भएका हुन् । शुरुवातीमा ३ विकेट गुमाएर दबाबमा परेको थियो । नेपालले १.४ ओभरमा १४ रन बनाउँदै तेस्रो विकेट गुमाएको हो ।
तर, त्यसपछि आएका सोमपाल र आरिफ शेखले सम्हालिएर ब्याटिङ गरेका थिए । तर, दुवैजना आउट हुन पुगेका छन् ।
आरिफ २६ रन बनाउँदै आउट भएका हुन् ।
प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित


समाचार


