नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग पराजित बनेको छ । मुल्तान रंगशालामा भएको उद्घाटन खेलमा पहिलो पटक एसिया कप खेलेको नेपाल पाकिस्तानसँग २३८ रनले पराजित बनेको हो ।
टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।
तर, ३४३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै खराब रह्यो ।
प्रकाशित : २०८० भाद्र १३, बुधबार : प्रकाशित


समाचार


