लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बिदाको निर्णय उलंघन गर्ने विद्यालयमाथि काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदाको निर्णय उलंघन गर्ने विद्यालयमाथि कारबाही गरिने जनाएको छ । बिदासम्बन्धी सार्वजनिक सूचनाको उलङ्घन गर्दै केही विद्यालयमा पठनपाठन गरेको गुनासो आएसँगै महानगरपालिकाले निर्णय नमान्नेमाथि कारवाही हुने जनाएको हो ।

‘सूचनाको उलङ्घन गर्दै केही विद्यालयमा पठनपाठन गरेको भन्ने गुनासो प्राप्त भएको र उक्त विषयप्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले विद्यालयहरुलाई सचेत गराउँदै भनेका छन्, ‘ स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सवैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानुनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।’
महानगरपालिकाले भाद्र १३ गते एक सूचना प्रकाशित गर्दै शुक्रबार  सापारु र रोपाइँ जात्रा मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको थियो ।
तर, सूचनालाई बेवास्ता गर्दै केही विद्यालयले पठन पाठन जारी राखेका थिए ।


प्रकाशित : २०८० भाद्र १५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप