लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

पछिल्लो समयमा उपयुक्त वरवधू खोज्नका लागि समेत मिडियामा विज्ञापन गर्ने चलन बढेको छ ।

एकजना युवतीले चाहिँ @itsveradijkmans खोज्नका लागि विज्ञापन खुलाएकी छिन्, जसमा हजारौंले आवेदन दिएका छन् ।

टिकटकमा @itsveradijkmans नामको आईडी रहेकी भेरा नामकी युवतीका तीन लाख ७४ हजार फलोअर्स छन् । सोही अकाउन्टमा उनले आफ्नो ब्वायफ्रेण्ड बन्नका लागि भन्दै आवेदन फाराम खुलाएकी छिन् ।

आफूले प्रेमीका लागि खुलाएको विज्ञापनमा धेरै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘सन् २०२३ मा डेटिंग गर्नु कठिन छ, यसका लागि को उपयुक्त उम्मेदवार हो र के हामी साथमा फिट हुन्छौं कि हुँदैनौं भन्ने कुरा म जान्न चाहन्छु । आवेदन जारी गरेपछि मेरो डिएम प्रेमिल सन्देशहरुले भरिएको छ, त्यसैले गणना गर्न नै सकिरहेकी छैन । २४ घण्टाभित्रै तीन हजार आवेदन आइसकेका छन् ।’

आफूले अझै पनि थप आवेदन पर्खिरहेको भन्दै आफ्नो मापदण्डमा भने कुनै सम्झौता नगर्ने उनले बताएकी छिन् ।

उनी भन्छिन्, ‘प्रेम यति छिटै पाउँदैन । म पूरै जिन्दगीभर एक्लै छु त्यसैले एकजना ब्वायफ्रेण्डका लागि तयार छु। म घरबार बसाल्न तथा गम्भीर हुनका लागि तयार छु।’

आफ्नो प्रेमी बन्न चाहनेका लागि केही गुणहरु उनले उल्लेख गरेकी छिन् । उनका अनुसार हुनेवाला प्रेमी हँसिमजाक गर्ने र संगीतमा राम्रो रुचि भएको हुनुपर्नेछ भने आफ्नै कमाइ हुनुपर्नेछ । त्यस्तै बफादार हुनुका साथै कार्टुन हेर्नमा पनि रुचि राख्नुपर्नेछ ।


प्रकाशित : २०८० भाद्र १६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप