लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने

एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टस जितेर भारतले फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा तानिएको हो।

 

 

नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो हार व्यहोरेको नेपाल भारतविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ ।

एसिया कपको सदाबहार दाबेदार भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । उमेर समुहमा पटक पटक खेलिसके पनि सिनियर टोलीमा नेपाल र भारतबीच पहिलो पटक खेल हुन लागेको हो ।

सन् २०१७ मा एसिसी अन्डर नाइन्टिन एसिया कपमा नेपालले भारतलाई १७ रनले हराएको थियो । उक्त ऐतिहसिक जितका ६ खेलाडी दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भिम सार्की, सन्दीप लामिछाने, आसिफ शेख र किशोर महतो यस पटक पनि टोलीमा छन् ।

श्रीलंकाको क्यान्डी मैदानमा भारतले हालसम्म खेलेका ४ खेलमध्ये ३ मा जित निकाल्दा १ खेल वर्षाले रद्ध भएको छ । ती ३ वटै जितमा उसले घरेलु टोली श्रीलंकालाई हराएको थियो ।


प्रकाशित : २०८० भाद्र १८, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप