लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ललिता निवास सुरुवात हो, यस्ता अभियान देशैभर चलाउँछौंः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भैसकेपछी सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् ।

गोर्खा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए । ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताए । भू–माफियाविरुद्धको अभियान देशैभर चलाउने उनको भनाइ छ ।

अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठूला नेता र कर्मचारी परेको बताउँदै उनले सुशासन,सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।

सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सकृय बनाएको बताउँदै उनले गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गरे ।

आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको भन्दै उनले अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दवाब कम गर्न सरकार सफल भएको बताए ।

‘मैले सरकारको नेतृत्व लिएपछि राजस्व, रेमिटेन्स , विदेशी मुन्द्राको संचिती बढेको छ,पर्यटन बढ्दै गएको र अर्थतन्त्रमाथिको दवाब कम हुँदैगएको छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कवुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । गोर्खा जिल्लाको क्षेत्र नम्बर–२ प्रधानमन्त्री प्रचण्ड निर्वाचित भएको क्षेत्र हो ।

उनले सो निर्वाचनक्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।



 


प्रकाशित : २०८० भाद्र २३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप