लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

तीनजना भिआइपीको वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ।  नेपालको पहिलो राष्ट्रपति अर्थात् पूर्वराष्ट्रपति डा. रामवरण यादव उच्च रक्तचाप, मधुमेह तथा ढाड दुखाई सम्बन्धी समस्याका कारण वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका छन् ।

त्यसैगरि कोसी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री एकराज कार्की डेंगु सङ्क्रमणपछि वीर अस्पतालको भिआईपी कक्षमा भर्ना भएका छन् । त्यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र प्रसाद यादवको पनि वीर अस्पतालको भिआईपी कक्षमा उपचार भइरहेको छ । कांग्रेस सह–महामन्त्री यादवमाथि खुकुरी प्रहार भएपछि बिगत ४ दिनदेखि वीर अस्पतालमा उपचार गराइरहेका छन्।

वीर अस्पतालमा लामो समयदेखि भिआईपी कक्षमा बिरामी भर्ना हुनै छोडेको अवस्थामा पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले सामान्य उपचारका लागि भिआईपीहरुलाई स्वदेशकै स्वास्थ्य संस्थामा उपचार गर्न आग्रह गरेसँगै भिआइपीको उपचार हुन लागेको हो ।


प्रकाशित : २०८० भाद्र २४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप